दलित गाउँका पहिलो शिक्षक

सुनको मूल्य : ताेलाकाे एक लाख तीन हजार रुपैयाँमा काराेवार

काठमाडौँ ।  सुनको मूल्य मंगलबार स्थिर  रहेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको एक लाख तीन हजार रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुन तोलाको एक लाख तीन हजार रुपैयाँमा नै कारोबार भएको थियो ।
 
यसैगरी, मंगलबार तेजावी सुनको मुल्य  तोलाको एक लाख दुई हजार ५०० रुपैयाँ निर्धारण गरिएकाे छ । चाँदीको मूल्यमा भने तोलमा १५ रुपैयाँको दरले घटेको छ  ।

सोमबार एक हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार ४१० रुपैयाँमा निर्धारण भएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ११ : ४२ बजे