मनसुन क्रमशः क्षीण हुँदै

डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

तेह्रथुममा ट्याक्टर पल्टिँदा एकको मृत्यु, चालक पक्राउ

तेह्रथुम – तेह्रथुम सदरमुकाम म्याङलुङ नगरपालिका-१ केउरेनी, डाँडाखर्कमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोँही ठाउँका वर्ष २२ का किशोरकुमार विश्वकर्मा रहेका छन् । म्याङलुङ बजारबाट घर फर्कने क्रममा प्रदेश १-०२-००३ त १२१२ नम्बरको ट्याक्टर साेमबार राति ८ बजे दुर्घटनामा परेकाे हाे ।

 दुर्घटनामा सहचालक महेशकुमार विश्वकर्माको दाहिने खुट्टा भाचिएको छ । उनलाई उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए ।

ट्याक्टर दुर्घटना स्थलबाट करिब ६० मिटर तल खसेर क्षतविक्षत अवस्थामा रहेको समेत प्रहरीले जनाएको छ । ट्याक्टर चालक सुवास विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

-प्रकाश पाक्साँवा
 

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  १० : ३६ बजे