मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

प्रचण्डको परिवार मोह : परिवारका ६ जना केन्द्रीय कमिटीमा (नामावलीसहित)

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो परिवारका सदस्यहरुलाई पार्टीको केन्द्रीय कमिटीमा राखेका छन् । अब माओवादी पार्टीको केन्द्रीय कमिटीमा प्रचण्डसहित परिवारका ६ जना केन्द्रीय सदस्य बनेका छन् ।

माओवादी केन्द्रको केन्द्रीय कमिटीमा मनोनित भएका ९७ जनामा प्रचण्डकी छोरीहरु रेनु दाहाल, गंगा दाहाल, ज्वाईं जीवन आचार्य, भाई नारायण दाहाल र बुहारी विना मगर केन्द्रीय कमिटीमा परेका छन् ।

माओवादी केन्द्रीय कमिटीमा प्रचण्ड परिवार:
१. प्रचण्ड
२. रेनु दाहाल
३. विना मगर
४. नारायण दाहाल
५. गंगा दाहाल
६. जीवन आचार्य

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ९ : ४३ बजे