मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

नेपालमा महिलाहरुको सहभागिता र नेतृत्व विश्वकै लागि अनुकरणीय : अध्यक्ष ओली

​​​​​​​काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा महिलाहरुको सहभागिता र नेतृत्व विश्वकै लागि अनुकरणीय रहेको बताउनुभएको छ ।

आज मार्च ८ अर्थात अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना संदेश दिंदै अध्यक्ष ओलीले नेपालको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणमा महिलाहरुको सहभागिता र नेतृत्व विश्वकै लागि अनुकरणीय रहंदै आएको बताउनुभएको हो । उहाँले  संसारभरका महिलाहरुलाई समानताको हक अधिकार स्थापित गर्ने यस प्रेरणादायी दिवसका अवसरमा सम्पूर्ण दिदीबहिनीहरुमा सुस्वास्थ्य, सुख र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषण विरुद्ध आवाज उठाएको दिनको स्मरण तथा महिला अधिकार स्थापित गर्ने संघर्षको दिनका रुपमा आज ८ मार्चलाई विश्वभर अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा मनाउने गरिएको छ ।

अध्यक्ष ओलीले नेकपा (एमाले)को सरकार हुँदा महिला अधिकारको क्षेत्रमा लिएका नीति र गरेका कामको प्रतिफलस्वरुप नेपालको लैङ्गिक विकास सूचकाङ्कमा उल्लेख्य सुधार भएको बताउनुभएको छ । नेपालको संविधानमा महिलाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरिएको छ । राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक सुनिश्चित गरिएको छ । संसदमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व संविधानद्वारा नै सुरक्षित गरी एसियामै राजनीतिमा महिलाको उच्च सहभागिता हुने मुलुकमा नेपाल पर्न सफल भएको बताउनुभएको छ । 

​​​​​​​​​​​​​​

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ८ : ०३ बजे