मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

युक्रेनमा रहेका नेपालीको तत्काल उद्धार गर : अनेरास्ववियु

​​​​​​​काठमाडौं – नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले अध्ययन तथा अन्य कामको शिलशिलामा युक्रेन पुगेका नेपाली नागरिकहरुको तत्काल उद्धार गर्न सरकार समक्ष माग गरेको छ ।

अनेरास्ववियुले विज्ञप्ती जारी गर्दै अध्ययन तथा अन्य प्रयोजनका लागि युक्रेनमा रहेको नेपालीहरुलाई तत्काल फिर्ता ल्याउन र फिर्ता ल्याउनुपूर्ण समस्यामा रहेकाहरुलाई आवश्यक सहयोग गर्न सरकारसँग माग गरेको हो ।

अध्यक्ष सुनिता बरालद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘युद्ध जस्तो गम्भीर संकटमा रहेको युक्रेनबाट विश्वका विभिन्न देशहरुले आफ्ना नागरिक फिर्ता लगिरहेको सन्दर्भमा नेपाली विद्यार्थी र विभिन्न प्रयोजनका लागि गएका करिब ८०० नागरिकलाई सुरक्षित ल्याउनु सरकारको दायित्व हो । तर युक्रेनमा विविध समस्यामा परेका नेपालीहरुको उद्दार गर्नुपर्नेमा पक्ष र विपक्षमा वकालत गर्नमा व्यस्त रहनु नेपालीहरुका लागि दुःखद विषय हो ।’

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ९ : ४३ बजे