मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

मुद्दा जितेर सरकार बनाउने भएपछि लोकतन्त्र किन चाहियो ? : अध्यक्ष ओली

पोखरा – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको परमादेशबाट सरकार बनाउने भएपछि लोकतन्त्र किन चाहियो भनेर प्रश्न गर्नुभएको छ ।

पोखरामा आज मानवअधिकार एलायन्सको पाँचौ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू नेतृत्वको दुई तिहाइको सरकार गलत तत्वहरुले सहन नसकेर फालेको दाबी गर्नुभएको छ । उहाँले पार्टीभित्र र बाह्य शक्तिहरु मिलेर आफ्नो सरकार ढालेको जिकिर गर्नुभयो ।

अध्यक्ष ओलीले संसदबाट सरकार बनाउन नसकेर परमादेशबाट सरकार  ल्याएको आरोप पनि लगाउनुभयो । ‘जनतामा जान नसकेर परमादेशबाट सरकार ल्याए, संसदबाट होइन, अदालतबाट मुद्दा जितेर सरकार ल्याउने भएपछि लोकतन्त्र किन चाहियो ?’ उहाँले भन्नुभयो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ८ : ४२ बजे