मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

‘प्रचण्ड’ले प्रस्ताव गरेको केन्द्रीय सदस्यमा सहमति नजुट्दा विवाद

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव गरेको केन्द्रीय सदस्यमा सहमति नजुट्दा विवाद चर्किएको छ ।

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकमा पार्टीका अध्यक्ष ‘प्रचण्ड’ले प्रस्ताव गरेको केन्द्रीय सदस्यमा सहमति नजुट्दा विवाद चर्किएको हो । बैठकमा प्रचण्डले ९७ जनाको नाम केन्द्रीय सस्यका लागि प्रस्ताव गरेका नाममा असन्तुष्टी जनाएपछि विवाद चर्किएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए ।

प्रचण्डले बैठकमा रिक्त केन्द्रीय सदस्य र मनोनीत १५ प्रतिशतसहित ९७ जनाको नाम केन्द्रीय सदस्यका लागि प्रस्ताव गरेका थिए ।

माओवादी केन्द्रका नेताहरुले आफ्ना मान्छे पनि समेटिनुपर्ने भन्दै नाम दिएपछि त्यो संख्या बढेर २५ सय पुगेको बताइएको छ । प्रस्तावित नामले विवाद चर्किएपछि हाललाई उक्त प्रस्ताव स्थगन गर्नेबारे पनि बैठकमा छलफल भइरहेको छ ।

विवाद चर्किएसँगै अहिलेलाई २९७ जनाको मात्रै समिति बनाउने र बाँकी पछि निर्णय गर्ने भन्दै बैठक सम्पन्न गर्न लागिएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ६ : २६ बजे