डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

दक्ष जनशक्ति सहित बारुणयन्त्र तयारीको माग

दमौली । तनहुँको व्यास नगरपालिका–४ स्थित भूपाल हार्डवेयरमा आइतबार लागेको आगो निभाउन चार घण्टा लाग्यो । भूपाल हार्डवेयरको गोदामबाट सुरु भएको आगलागीले ज्योति जनरल सप्लायर्स हुँदै नजिक रहेका घरमासमेत क्षति पुग्यो ।

आगलागीको केही समयमा व्यास नगरपालिकाको बारुणयन्त्र घटनास्थल पुग्यो । छिर्न नमिल्ने साँघुरो गल्ली, मानिसको भीडभाडले गर्दा बारुणयन्त्र प्रयोगमा केही समय बाधासमेत पुग्यो । आइतबारको घटनाले ठूलो पाठ सिकाएको भन्दै आगामी दिनमा यस्ता घटनामा थप क्षति हुन नदिन दक्ष जनशक्तिसहित आधुनिक प्रविधिको बारुणयन्त्र तयारी गर्नुपर्ने स्थानीयबासीको माग छ ।

तनहुँ उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठ भन्नुहुन्छ, “न दक्ष जनशक्ति छ नत बारुणयन्त्र नै, पोखराबाट दुई वटा बारुणयन्त्र नआएको भए ठूलो क्षति हुने रहेछ,” उहाँले भन्नुभयो ।

स्थानीवासी रजाक मियाँले जिल्लामा पर्याप्त बारुणयन्त्र नभएर अन्यत्रबाट मगाउनुपर्ने अवस्था विडम्बनापूर्ण रहेको बताउनुभयो । “सदरमुकाममै यस्तो अवस्था भएपछि भोलि फेरि आगलागीका घटना हुँदा ठूलो क्षति हुनसक्छ, बेलैमा तयारी गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

भूपाल हार्डवेयरको टहरा भत्काएर पोखरा, चितवन लगायतबाट मगाइएको बारुणयन्त्र र काठमाडाँैबाट ल्याइएको हेलिकप्टरलेबाट पानी खसालिएको थियो । अधिकांश स्थानीय तहमा बारुणयन्त्र छैन ।

बन्दीपुरमा भारत सरकारले बारुणयन्त्र दिएपनि प्रयोगमा नआइकन बिग्रिएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ४ : ३४ बजे