मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

नेपालकै ऋषिमुनिको सिको गर्दै चिकित्सा विज्ञानले शल्यक्रियाको सुरुआत गरे : अध्यक्ष ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालकै ऋषिमुनिको सिको गर्दै चिकित्सा विज्ञानले बिरामीको शल्यक्रियाको सुरुआत गरेको बताउनुभएको छ ।

कावासोतीस्थित मध्यबिन्दु बहुमुखी क्याम्पसको १६ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालकै ऋषिमुनिको सिको गर्दै चिकित्सा विज्ञानले बिरामीको शल्यक्रियाको सुरुआत गरेको बताउनुभएको हो ।

मध्यबिन्दु बहुमुखी क्याम्पसको १६ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू सरकार छँदा सुखी नेपाल बनाउन अनगिन्ती काम गरेको बताउनुभएको हो । उहाँले पूर्वपश्चिम रेलमार्ग निर्माण, कावासोतीमा नमुना जिल्ला सदरमुकाम निर्माणको काम, महेन्द्र राजमार्ग फराकिलो बनाउने काम, त्रिवेणीबाट उत्तरतर्फको बाटो, धौवादी फलाम खानीबाट फलाम निकाल्ने लगायत थुप्रै काम आफैँले सुरु गरेको बताउनुभएको थियो ।

अध्यक्ष ओलीले पूर्वी नवलपरासीका पूर्व सांसद मझीलाल थारु थनैतको नाममा २ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको घोषणा गर्नुभएको छ । मध्यबिन्दु बहुमुखी क्याम्पसमा मझीलालको योगदानलाई कदर गर्दै अक्षयकोषको स्थापना गरिएको जानकारी दिनुभएको थियो । उक्त अक्षयकोष  मध्यबिन्दु बहुमुखी क्याम्पसले सञ्चालन गर्ने छ ।

एमाले नेता थारु २०४८ सालपछि नवलपरासीबाट २ पटक सांसदमा निर्वाचित भइसकेका नेता हुन् । थारु लुम्बिनी अञ्चलबाट निर्वाचित एमालेका एक्लो सांसद थिए ।  एमाले नेता थारु लुम्बिनी टाइगर भनेर चिनिने गरेका थिए  ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ३ : ५१ बजे