लमजुङ । लमजुङको क्व्होलासोथार गाउँपालिका–३ मा पर्ने घले गाउँमा २१ वर्षमा दुई लाखभन्दा बढी पर्यटक भित्रिएका छन् । स्मार्ट भिलेजको रूपमा परिचित घले गाउँ २०५७ सालदेखि १२ घरबाट होमस्टे सञ्चालन गरिएको थियो ।
घले गाउँका १ सय ३५ घरमध्ये हाल ४२ घरमा होमस्टे सञ्चालन गरिएको जानकारी दिनुभएका घले गाउँ पर्यटन समितिका अध्यक्ष प्रेम घलेले अब सुखी गाउँको रूपमा घोषणा गरिने बताउनुभयो ।
२०५६ देखि स्थानीयले पर्यटन प्रवर्द्धनका कार्यक्रमको सुरुवात गरेका थिए । स्मार्ट भिलेजको रूपमा परिचित घले गाउँ आन्तरिक र बाह्य पर्यटकको गन्तव्य बनेको दुई दशकको अवधिमा दुई लाख १२ हजारभन्दा बढी पर्यटक घले गाउँ भित्रिएका छन् ।
आर्थिक वर्ष ०५७/०५८ मा घरबास (होमस्टे) सुरु भएपछि हालसम्मको २१ वर्षमा दुई लाख १० हजार ४सय५ पर्यटक भित्रिएका छन् । उक्त अवधिमा आन्तरिक मात्र दुई लाख पाँच हजार ४सय६ पर्यटक भित्रिए ।
पछिल्लो दुई वर्षको निषेधाज्ञापछि घले गाउँमा पर्यटक आगमन पुरानै लयमा फर्किएको छ ।
प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार १० : २२ बजे
प्रतिक्रिया