‘एउटै नाउरको सिकार गर्न २३ लाख’

घरघर पुगेर गर्भवतीलाई कोसेली 

अछाम  । साँफेबगर नगरपालिकाकामा नगर उपप्रमुख कोसेली कार्यक्रम सञ्चालन भएको छ । 

उपमेयर विर्मलादेवि वुड्थापाले उक्त कार्यक्रमबाट घरघर पुगेर गर्भवतीलाई कोसेली दिनुभएको छ ।  १४ वडाका ३ सय ३८ जना गर्भवतीलाई कोसेली दिइएको हो ।

उहाँका अनुसार हरेक गर्भवतीलाई १ क्रेट अण्डा, १ थान कम्बल, २ लिटर तेल, कोल्केट, ब्रस, साबुन, मास्क र  एक प्याकेट नुन दिइएको हो ।

गर्भवतीका लागि पौष्टिक आहार लिएर घर आँगनमै आउनु खुसी भएको साँफेबगर नगरपालिका–४ मष्टमाडौंकी सरिता भुलले बताउनुभयो। गर्भावस्थामा महिलाका लागि कोसेली लिएर घरमा आउँदा स्थानीय सरकारको महसुस भएको उहाँको भनाइ छ ।

 

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ९ : ४३ बजे