नेपालको राजनीतिक आन्दोलनको इतिहासमा बर्माको योगदान चिरस्मरणीय रहने : राष्ट्रपति

​​​​​​​काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ वामपन्थी नेता एवं किसान आन्दोलनका अगुवा कृष्णराज बर्माको निधनप्रति दुख व्यक्त गर्नुभएको छ ।

आइतबार सामाजिक सञ्जाल ट्विटरमार्फत राष्ट्रपति भण्डारीले वर्माको निधनले आफूलाई दुःखी तुलाएको उल्लेख गर्नुभएको हो ।

राष्ट्रपतिले दिवङ्गत नेता बर्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुहुँदै शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ । 

उहाँले नेपालको राजनीतिक आन्दोलनको इतिहासमा बर्माको योगदान चिरस्मरणीय रहने बताउनुभएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ७ : ४६ बजे