डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

कस्तो छ आजको मौसम ?

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । देशको पहाडी  तथा हिमाली  भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको आँकलन छ ।

राति गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

मङ्गलवार सुदूरपश्चिम, गण्डकी र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ७ : २० बजे