डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

भक्तपुरमा भेटियो बर्ड फ्लु

भक्तपुर – भक्तपुरमा बर्ड फ्लु भेटिएको छ । जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. १० मा अवस्थित तीन वटा पोल्ट्री फार्महरुका कुखुरामा बर्डफ्लु भेटिएका हुन् ।

केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरले ती पोल्टी फर्ममा मरेका कुखुराहरुमा वर्ड फ्लु भेटिएको पुष्टि गरेको हो । पाइला अग्रिकल्चरल फार्म, शिखर पोल्ट्री फार्म र अजिमा पोल्ट्री फार्ममा रहेका मरेका कुखुरामा वर्ड फ्लु भेटिएको पुष्टी भएको हो । यहाँं रहेका हजारौं कुखुराहरु बुधबार राति मरेका थिए । पछि ती मेरेका कुखुराहरुको टेष्टका लागि लगिएको थियो । प्रयोगशालाका अनुसार ती फार्मका कुखुराहरुमा एच पी वानको सवटाइप एफ फाइभ एफ वान भाइरस देखा परेको हो ।

वर्ड फ्लु भेटिएको पुष्टि भएसँगै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा आइतबार नै बसेको सुरक्षा समितिको बैठकले वर्ड फ्लु भेटिएका फार्मका पन्छी र पन्छीजन्य वस्तु नष्ट गर्ने निर्णय गरेको छ ।

समितिले सूर्यविनायक नगरपालिकाको वडा नं. १० स्थित पूर्वमा अजिमा ईंटा उद्योगसँगै अरनिको राजमार्ग जाने सडक, पश्चिममा शिखर पोल्ट्री फार्मसँगै रहेको बाटो, दक्षिणमा अरनिको राजमार्गको उत्तरी सिमाना र उत्तरमा पानी टंकी जाने बाटोको चार किलाभित्रको पन्छी तथा पन्छीजन्य वस्तुहरु दाना, सुली, अण्डालगायतका वस्तुहरु नष्ट गर्ने निर्णय गरेको हो । 

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ९ : ०८ बजे