‘नेशनल डे कन्सर्ट’ सम्पन्न

तराई तथा मधेसका जिल्लाहरूमा आज होली पर्व मनाइँदै

काठमाडौं । रंगहरूको पर्व फागु (होली) तराई तथा मधेसका जिल्लाहरूमा आज हर्षोलासपूर्वक मनाइँदै छ ।

पहाडी जिल्लामा आइतबार नै फागुपूणिर्मा अर्थात् होली मनाइए पनि तराई मधेसका जिल्लाहरूमा भने आज होली मनाउन लागिएको हो ।

काठमाडौं उपत्यकासहित देशका हिमाली र पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराई–मधेसमा होली मनाउने गरिन्छ । सद्भाव, सौन्दर्य र रशरङ्गको रङ्गीन पर्वसमेत मानिएको होली एक प्राचीन पर्व हो । तराईमा पनि होली पर्व एक-आपसमा रंग लगाएर र शुभकामना साटासाट गरेर मनाइन्छ । 

होलीका अवसरमा केन्द्र सरकारले आज एक दिन तराई मधेसका जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ ।
 

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ८ : ०४ बजे