अवैध हुँदै माधव : स्थानीय निर्वाचन छल्न संसद् भङ्ग गर्ने योजना

काठमाडौं । नेकपा एमालेले कारबाही गरेका सांसदहरूको कारबाही सभामुख अग्नि प्रसाद सापकोटाको ‘सेटिङ’मा रोकेर गैर राजनीतिक रूपमा पार्टी दर्ता गरेका नेता माधव नेपाल केही दिन यता संसद् भङ्ग र अर्ली इलेक्सनको बेमौसमी बाजा फुकिरहेका छन् 

गैरसांसद भएकाहरूको  पद सभामुखबाट असंवैधानिक तरिकाले जोगाएर विभाजन हुने कानुनमा समेत टेक्न नसकेपछि रातारात अध्यादेशको कानुन बनाई सत्ताको स्वाँध चाखिरेहेका यी माधव अहिले ठाड्डै  संसद् भङ्ग गर्ने र अर्ली इलेक्सनको कुरा गर्न लाज मानिरहेका छैनन् । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको कुनै पनि धाराबाट सरकार बन्न नसक्दा गरिएको संसद् विघटनलाई पश्चगमनको संज्ञा दिँदै अदालतको परमादेशको ‘सेटिङ’मा सरकार बनाउने यी नै माधव हैनन् र ?

हुन त राजनीतिमा बेसरमको कुनै चिज छ भने त्यो भनेको यी नै माधव नेपाल  होला , किनकि यी नै माधव नेपाल केही हप्तासम्म एमसीसीको चर्को आलोचक थिए । केही दिन हैन मिनेटसम्म पनि एमसीसीको विरोध गर्दै आइरहेका यी माधव आफ्नो पद जाने भएपछि रातारात ‘युर्टन’ भएको देश र दुनियाँलाई थाहा छैन र ? 

गुम्नै लागेको पद मुस्किलले जोगाएका यी माधवलाई अब आउने लागेको स्थानीय तहको निर्वाचन घाँडो सिद्ध हुँदै छ ।  स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको कमजोर अवस्था र अझ आफैले गरेको एमसीसी  अनुमोदनले उम्रँदै गरेको  पार्टी कोल्याप्स हुने निश्चित छ ।  

दुनियाँभरका मानिसलाई एमसीसी गलत हो भन्दै रडाको मच्चाएका यी माधवले अन्तिम अवस्थामा व्याख्यात्मक घोषणा भन्दै गरेको राष्ट्रघातको जवाफ पक्कै पनि आगामी निर्वाचनमा पाउने नै छन् । 

एमालेले अवैध मानेको पार्टी, जनस्तरमा समेत अब एमसीसीका कारण बदनाम बन्दै गएपछि स्थानीय निर्वाचन एसवालाहरुलाई गलपासो बन्दै छ । 

सत्ताका लागि परमादेशसँग गरिएको गठबन्धनको धागो आउनै लागेको स्थानीय निर्वाचनमा चुँडिने त निश्चित नै छ । सहयात्री दलबाट सत्ताका किर्ना, जुकाको आरोप खेपिरहेको माधवको पार्टीलाई स्थानीय तहको निर्वाचनमा काँध थाप्न कोही तयार छैनन् । 

गठबन्धनका नाउँमा टिकको सत्ताका दिनहरू बिस्तारै समाप्त हुन लागेको चाल पाएका माधव अब यस अघि नै संसद्को निर्वाचन गर्ने सके गठबन्धनबाट केही न केही सिट हात पर्ने बुझाइमा छन् । संवैधानिक बाध्यताले सार्न नसकिएको स्थानीय तहको निर्वाचन अझै पनि पर धकेल्नु यी माधवको अबको बाटो हो । 

सर्वोच्च अदालतबाट आफ्नो पार्टी अवैध घोषणा हुने बुझेका यी माधवले सर्वोच्च अदालतका प्रधानन्यायाधीश नै महाअभियोग लगाएर आफ्नो मुद्दा पर धकेलेका छन् । महाअभियोगको प्रस्ताव बिस्तारै प्रक्रियामा जाने र महाअभियोग  फेल हुने र आफ्नो बचाइएको लुटको साम्राज्य ढल्ने भयले यी नेपाल फेरि पनि त्रर्सिद  छन्  र त भनिरहेका छन् ‘‘ओलीसँग सकिन्न, संसद् भङ्ग गरौँ’

 

 

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ३ : २४ बजे