रन्जु दर्शनाको चुनावी कमाण्डर एमालेमा प्रवेश

​​​​​​​काठमाडौँ। विवेकशील साझा पार्टीका काठमाडौँ जिल्ला अध्यक्ष तथा बागमती प्रदेश कमिटी सदस्य अमृतराज वैद्य नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । 

आज एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा उहाँलाई एमाले नेताहरूले पार्टी प्रवेश गराउनुभएको हो । 

काठमाडौँ क्षेत्र नम्बर ४ का प्रभावशाली युवा नेता वैद्य २०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरको मेयर उम्मेदवार रन्जु दर्शनाको चुनावी कमाण्डर हुनुहुन्थ्यो । 

प्रतिनिधिसभा निर्वाचनमा भने वैद्यले गगन थापालाई सहयोग गर्नुभएको थियो । वैद्यको साथमा रहेको ठुलो समूह भने अर्को कार्यक्रमका बीच छिट्टै एमाले प्रवेश गर्ने तयारीमा छ ।

काठमाडौँ ज्ञानेश्वरका स्थानीय बासिन्दा वैद्य  सो क्षेत्रको जनधारमा प्रभावशाली नेता हुनुहुन्छ । एमाले प्रवेश गर्नुहुँदै वैद्यले आफूले काम गर्ने नेतृत्व खोजेको र त्यस्तो नेतृत्व तत्कालका लागि केपी ओलीबाट मात्र सम्भव देखेको बताउनुभयो । 

पार्टी प्रवेश कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा काठमाडौँ क्षेत्र नम्बर ४ का एमाले उम्मेदवार डा। राजन भट्टराईलगायतका नेताहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  १२ : १४ बजे