दमौलीमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

दमौली।  तनहुँको व्यास नगरपालिका–४ स्थित मुख्य चोकको एक हार्डवेयर पसलको गोदाममा आज आगलागी भएको छ । भूपाल हार्डवेयर पसलको गोदाममा बिहान १० बजेदेखि आगलागी भएको हो । 

आगलागी नियन्त्रणको प्रयास भइरहे पनि आगो नियन्त्रणमा आउन सकेको छैन । के कारणले आगो लागो भन्ने थाहा हुन नसकेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ११ : ५५ बजे