दलित गाउँका पहिलो शिक्षक

सुनको मूल्य तोलामा एक लाख नाघ्यो

काठमाडौँ । सुनको मूल्य साताको पहिलो दिन आइतबार प्रति तोलामा दुई हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेर एक लाख एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । 

यसअघि, गत साताको अन्तिम दिन शुक्रवार छापावाल सुन तोलाको ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आइतबार तेजाबी सुनको मूल्य तोलाको एक लाख एक हजार ४०० रुपैयाँ कायम गरिएको महासङ्घले जनाएको छ । 

चाँदीको मूल्य पनि प्रति तोलामा ३५ रुपैयाँको दरले बढेको छ  । शुक्रवार एक हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ११ : १४ बजे