‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

बक्सिङका कीर्तिमानी खेलाडी सम्मानित

काठमाडौँ । दक्षिण एसियाली मुलुकको १३औँ साफ खेलकुदमा बक्सिङमा नेपालको तर्फबाट सहभागी भएर पदक जित्न सफल खेलाडी तथा अफिसर्स टिमलाई कीर्तिपुरमा सम्मान गरिएको छ ।

मार्सल आर्ट अर्गनाइजेन नेपालको आयोजनामा शनिवार कीर्तिपुर–४ स्थित सिम क्षेत्रको 'विथ लोकल्स' नेपाल फार्म हाउसमा भएको आत्मरक्षा प्रशिक्षण कार्यक्रममा बक्सिङ खेलका कीर्तिमानी खेलाडीलाई कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले सम्मान नगद पुरस्कारका साथै सम्मान पत्र हस्तान्तरण गर्नुभयो ।

कीर्तिपुर–७ का कोच उमेश कटुवाललाई नगद पुरस्कार ५० हजार र सम्मान पत्रसहित सम्मान गरिएको छ । साफमा स्वर्ण पदक विजेता मीना गुरुङ र भूपेन्द्र थापा नगद पुरस्कार ५–५ हजारसहित सम्मान पत्रसहित सम्मानित हुनुभएको छ ।

रजत पदक पदक विजेता खेलाडी ललिता महर्जन, माला राई, सङ्गीता सुनार, पुनम रावल, गणेश प्रशान्त, आशिष दवाडी र कास्य पदक विजेता सुशील थापा, तेजबहादुर देवान, पूर्ण राई, विकास लामा, अर्जुन सेभु, चन्द्रकला थापा र अफिसियल टिमका नेपाल चिफ कोच प्रकाश थापा मगर, डम्बर दत्त भट्ट, प्रवीण तुलाधर, दीपक महर्जन, किशोर लिम्बू र म्यानेजर टिमका प्रेम फौजु र प्रमिला राई सम्मानित हुनुभएको छ । 

मार्सल आर्ट अर्गनाईजेन नेपालका अध्यक्ष तथा नेपाल उसु सङ्घका उपाध्यक्ष राजीव महर्जनको सभापतित्वमा भएको कार्यक्रमका संयोजक सुदीप महर्जन रहनुभएको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ८ : ४३ बजे