साफ यू–१७ च्याम्पियनसिप आजदेखि

प्राध्यापक मल्ललाई राष्ट्रिय प्रतिभा पुरस्कार

भक्तपुर । प्राध्यापक कोमलवदन मल्ल राष्ट्रिय प्रतिभा पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । 

पूर्व प्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दले शनिवार एक कार्यक्रमकाबीच उहाँलाई नगदका साथै पुरस्कार तथा प्रमाण पत्र प्रदान गरी पुरस्कृत गर्नुभयो।

शव्दयात्रा प्रकाशन अक्षराम्भ काभ्रेपलान्चोकद्वारा भक्तपुरमा आयोजित पुरस्कार समर्पण समारोहमा उहाँलाई पुरस्कृत गरिएको हो । ४२ वर्ष लामो शिक्षण पेसामा आबद्ध भई शिक्षाको विकासमा सहयोग पुर्‍याएको भन्दै उहाँलाई पुरस्कृत गरिएको हो ।

पुरस्कारको व्यवस्था भ्रष्टाचार विरोधी आन्दोलनका अगुवा भरत जङ्गमले गरिदिनुभएको हो । विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका भक्तपुरका एक जनालाई प्रत्येक वर्ष यो पुरस्कारबाट सम्मानित गर्ने जङ्गमले प्रतिबद्धता जनाउनुभयो । 

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ८ : ३५ बजे