‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

रुसी सेनाले युद्ध बिराम गरेको भनिएको मारिओपोलमा गोलाबारी र बम हमला

किभ । रुसी सेनाले घेराबन्दी गरेको युक्रेनी सहर मारिओपोलमा तीव्र गोलाबारी भएको विवरणहरू सार्वजनिक भएका छन् । 

यसअघि मानवीय सहायताका लागि भन्दै रुसी सेनाले सो सहरमा अस्थायी युद्ध बिराम घोषणा गरेको थियो । 

रुसी सेनाको गोलाबारीका कारण सर्वसाधारणलाई मारिओपोलबाट बाहिर लैजाने कार्य स्थगित गरिएको युक्रेनी अधिकारीहरूले बताएका छन् । 

रुसी सेनाले बम बारी र गोलाबारी तीव्र पारेको मारिओपोलका मेयर भदयाम बोयचेन्कोले बताउनुभएको छ । 

“आवासीय ब्लकहरूमा निरन्तर गोलाबारी जारी छ । आवासीय क्षेत्रमा विमानले बमहरू खसाली रहेका छन्” उहाँको भनाई उद्धृत गर्दै एपी समाचार संस्थाले जनाएको छ । एजेन्सी

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ८ : १९ बजे