आज र भोलि वर्षाको सम्भावना न्यून, मङ्गलवार यी क्षेत्रमा वर्षा हुने

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश १ मा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने आँकलन गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

मङ्गलवार कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ । गण्डकी र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ फागुन २२ गते (आइतबार)
​​​​​​​दिउँसो:
देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश १ मा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

राती: देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

२०७८ फागुन २३ गते (सोमबार)
दिउँसो:
देशको सुदूरपश्चिम, कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । साथै गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राती: देशको सुदूरपश्चिम, कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। साथै गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

२०७८ फागुन २४ गते (मङ्गलवार) 
दिउँसो:
देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र बाग्मती प्रदेशमा आंशिक बदली रही बाँकी अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ । 

साथै कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रही गण्डकी र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती: देशको सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी अन्य भू–भागमा भू–भागमा मौसम सामान्यतया सफा रहने छ। साथै बागमती र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ७ : ३० बजे