‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

चीनले सैन्य बजेट ७.१ प्रतिशतले बढाउने

बेइजिङ – चीनले शनिबार सार्वजनिक गरेको बजेट प्रस्तावको मस्यौदामा सन् २०२२ मा ७.१ प्रतिशतले बढाएर २२९.५ अर्ब अमेरिकी डलर पु¥याउने भएको छ ।

चीनको विधायिकाको सर्वोच्च निकायले वार्षिक अधिबेशनको उद्घाटनमा बजेटको मस्यौदा जारी गरेको हो । 

“राष्ट्रिय रक्षा खर्चमा २२९.५ अर्ब अमेरिकी डलर छुट््याइएको हो । यो अघिल्लो बर्षको तुलनामा ७.१ प्रतिशतको वृद्धि हो ।”

एक अर्को सरकारी प्रतिवेदनमा जानकारी गराइए अनुसार सन् २०२२ मा चीनले सैन्य शिक्षा र युद्ध प्रशिक्षण बढाउने बताएको छ । 

संयुक्त राज्य अमेरिकापछि चीनको विश्वकै दोस्रो सबैभन्दा उच्च सैन्य बजेट छ र यसले आफ्नो किनाराभन्दा बाहिर शक्ति विस्तार गर्न लामो दूरीका हतियार, सफल आणविक क्षेप्यास्त्र तथा अन्य हतियारहरूमा लगानी गरिरहेको अमेरिकी समाचार संस्था वाशिङ्गटन पोस्टले बताएको छ । 

सन् २०२१ को मार्चमा चीनले २०९ अर्ब अमेरिकी डलर रक्षा बजेट घोषणा गरेको थियो ।

यो अघिल्लो बर्षको तुलनामा ६.८ प्रतिशतले वृद्धि हो । यो सन् २०२० मा भएको ६.६ प्रतिशत वृद्धिभन्दा बढी थियो ।

रासस÷एएनआई

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ६ : ०३ बजे