मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

माओवादीको चिनामै सिद्धिने लेखेको छ : एमाले अध्यक्ष ओली

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिद्धिने माओवादीको चिनामै लेखेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपालको प्रदेश नम्बर १ अधिवेशनलाई झापाको बिर्तामोडमा शनिबार सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त कुरा बताउनुभएको हो ।

अध्यक्ष ओलीले कम्युनिस्ट नामको पीपीई लगाएकालाई चिन्नुपर्ने बताउनुभयो । उहाँले माधव गुटको हालत चिचिलामै कुहिएको गट्टोजस्तो भएको टिप्पणी गर्नुभयो ।

अध्यक्ष ओलीले प्रदेश नम्बर १ को नाम साझा पहिचान हुने कोशी राख्नुपर्ने धारणा राख्नुभयो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ४ : १५ बजे