‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

पाटन प्रिमियर लिग उपाधि कैलपाललाई

बैतडी।  बैतडीको पाटनमा  सम्पन्न  पहिलो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लब जर्गले हात पारेको छ । फाइनल खेलमा आयोजक पाटन क्रिकेट क्लबलाई चार रनले स्तब्ध पार्दै कैलपालले उपाधि हात पारेको हो । 

कैलपालको यो लगातार पाचौँ उपाधि हो । यसअघि बैतडी र दार्चुलाका विभिन्न प्रतियोगितासमेत जितिसकेको छ । फाइनल भिडन्तमा टस जितेर पहिला ब्याटिङ गरेको कैलपाल १८.३ ओभरमा १७० रनमा समेटियो । जसमा मुकेशचन्द र राजु भाटले सर्वाधिक २३÷२३ रन बनाए । 

 पाटनका दीपेन्द्र चन्दले ४ विकेट हात पारे ।  श्रीकृष्ण माविको खेलमैदानमा १७१ रनको लक्ष्य पन्छाएको पाटनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६६ रन मात्रै जोड्न सक्यो । पाटनका लागि पञ्कज चन्दले ५५ रनको योगदान गरेपनि हार टार्न नसक्दा उपविजेतामै चित्त बुझायो । कैलपालका मुकेश चन्दले ३ विकेट हात पारे । उनी म्यान अफ द फाइनलसमेत चुनिएका स्कोरर किरन चन्दले जानकारी दिए ।  

उपाधिसँगै कैलपालले ५५ हजार ५५५ र पाटनले २२ हजार २२२ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पायो ।  
यस्तै सर्वोत्कृष्ट खेलाडी र बेस्ट ब्याट्सम्यान पाटनका विकास विष्ट भए । पाटनकै दीपेन्द्र चन्द बेस्ट बलर भए ।  सर्वोत्कृष्टले रु तीन हजार ३३३ तथा बेस्ट बलर  र  बेस्ट ब्याट्सम्यानले समान एक हजार १११ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र पाए ।   

विजेता तथा उपविजेता टोलीलाई बैतडीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य दामोदर भण्डारी, पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दलगायतले पुरस्कार वितरण गर्नुभयो ।  पाटन क्रिकेट क्लबको आयोजनामा फागुन १३ गतेदेखि सुरु भएको प्रतियोगितामा १५ टोलीको सहभागिता रहेको थियो । आगामी वर्षमा पनि यो प्रतियोगितालाई निरन्तरता दिँदै थप भव्य र सभ्य बनाउने आयोजक पाटन क्रिकेट क्लबका अध्यक्ष पारस विष्टले बताए ।  रासस

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ११ : ३८ बजे