‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

पेशावर मस्जिदमा भएको ‘भयानक हमलाको’ संयुक्त राष्ट्र प्रमुखद्वारा निन्दा   

न्यूयोर्क (अमेरिका)  ।   संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले शुक्रवार पाकिस्तानको पेशावर शहरमा ५० भन्दा बढी व्यक्तिको मृत्यु भएको आत्मघाती विस्फोटको निन्दा गर्नुभएको छ । 

"प्रार्थना गृहहरू आश्रय स्थल हुनुपर्छ, आक्रमणको निशाना होइन । म पाकिस्तानको पेशावरको मस्जिदमा शुक्रवारको नमाजको क्रममा भएको भयानक र दुःखद आक्रमणको निन्दा गर्दछु। आफ्ना प्रियजनहरू गुमाउनेहरूप्रति मेरो संवेदना र पाकिस्तानका जनताप्रति मेरो ऐक्यबद्धता छ।" उहाँले भन्नुभयो  ।    

शुक्रवार शिया मस्जिदमा भएको विस्फोटमा ५६ जनाको मृत्यु भएको थियो भने १९४ जना घाइते भएका थिए । घटनालाई आत्मघाती हमला भन्दै शहरका अधिकारीहरूले सुरुमा दुई जना आक्रमणकारी संलग्न रहेको बताएका थिए ।    

यद्यपि, पछि सार्वजनिक गरिएको CCTV फुटेजले कालो शल्वार कमिज लगाएका एक्लो आक्रमणकारी शहरको किस्सा ख्वानी बजारमा रहेको मस्जिदमा पैदल प्रवेश गरेको र पेस्तोल बोकेको देखाइएको डन अखबारले रिपोर्ट गरेको छ । 

  पाकिस्तानको मानव अधिकार आयोग (एचआरसीपी) ले शुक्रवार आत्मघाती विस्फोटको कडा निन्दा गरेको छ जुन यसले शिया उपासकहरूलाई लक्षित गर्ने उद्देश्यले गरेको थियो ।    

उक्त आक्रमण स्पष्ट रूपमा शिया उपासकहरूलाई लक्षित गर्ने उद्देश्यले गरिएको थियो । पेशावर विस्फोटको निन्दा गर्दै एचआरसीपीले यो हमला स्पष्ट रूपमा शिया उपासकहरूलाई लक्षित गर्ने र साम्प्रदायिक सङ्गठनहरूको पहिचान बोकेको थियो भन्ने टिप्पणी गरेको छ  । रासस/एएनआई

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  १० : ३३ बजे