‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी सिनेटलाई सम्बोधन गर्ने 

किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आज अमेरिकी सिनेटलाई सम्बोधन गर्नुहुने भएको छ । 

जेलेन्स्कीले जुममार्फत अमेरिकी सिनेटरहरूसँग रुसी सङ्कटबारे छलफल गर्ने हुनुभएको छ । 

युक्रेनमा युद्ध चर्किरहेका बेला केही अमेरिकी सांसदहरूले राष्ट्रपति जो बाइडेनलाई रुसविरुद्ध कडा कदम चाल्न अनुरोध गर्दै आएका छन् । रुसी तेलको आयातमा प्रतिबन्ध लगाउन उनीहरूले राष्ट्रपतिसँग अनुरोध गर्दै आएका थिए ।

रुसी तेल आयातमा प्रतिबन्ध लगाउने सम्भावित अमेरिकी कदमले तेलको मूल्य अझ बढी बढ्न सक्ने र मुद्रास्फीतिले थिचिएका अमेरिकी उपभोक्ताहरूलाई अझै असर गर्ने ह्वाइट हाउसको विश्लेषण छ । 

यसैबीच, रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमले रुसी राष्ट्रपतिको हत्या गर्न रुसभित्रकै कसैलाई आह्वान गर्नुभएको छ । 

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ९ : ४६ बजे