‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

जर्मन चान्सलर र रुसी राष्ट्रपतिबीच एक घण्टा कुराकानी

काठमाडौं । जर्मन चान्सलर ओलाफ शल्त्सले रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग वार्ता गरेका छन् । त्यसक्रममा चान्सलर शल्त्सले सैन्य कारबाही तुरुन्त रोक्न माग गरेका छन् । 

सरकारका प्रवक्ताले यस्तो जानकारी दिँदै दुई नेताबीच फोनमा कुराकानी भएको जनाएको  उल्लेख गरेको छ । 

शल्त्सले त्यसक्रममा पुटिनसँग ती क्षेत्रमा मानवीय सहायताका लागि अनुमति दिन आग्रह गरेका  जनाइएको छ । 

प्रवक्ताका अनुसार दुई नेताबीच करिब १ घण्टा कुराकानी भएको र चाँडै पुन: छलफल गर्ने सहमति भएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ९ : ४७ बजे