‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

एन्फा लिग कमिटीका संयोजक शर्माद्वारा राजीनामा

काठमाडौँ । एन्फा लिग कमिटीका संयोजक विज्ञानराज शर्माले राजीनामा दिनुभएको छ । 

नेपाल सुपर लिगको फ्रेन्चाइज टिम काठमाडौँ रेजर्सका निर्देशक रहनुभएका शर्माले लिग कमिटीको संयोजकबाट राजीनामा घोषणा गर्नुभएको हो । उहाँले एन्फा लिगका महासचिवलाई राजीनामा पत्र पनि बुझाउनुभएको छ ।

नेपाल सुपर लिग दोस्रो संस्करणमा काठमाडौँ रेजर्समा आबद्ध रहेकाले राजीनामा दिएको उहाँले बताउनुभएको  छ । 

“लिग कमिटीको संयोजक र काठमाडौँ रेजर्स फुटबल क्लबको डाइरेक्टरको रूपमा सँगसँगै काम गर्दा कतिपय अफ्ठेरा आउन सक्ने तथा दोहोरो जिम्मेवारीले कतिपय नैतिकताका प्रश्नहरू पनि जोडिन जाने भएकाले आजको मितिदेखि राजीनामा पेस गरेको छ”  उहाँले राजीनामा पत्रमा भन्नुभएको छ । 

 

 

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ११ : ४१ बजे