डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

करेन्ट लागेर वडा सदस्यको मृत्यु

तनहुँ । तनहुँमा करेन्ट लागेर आज वडा सदस्य ६८ वर्षीय ओमबहादुर नेपालीको मृत्यु भएको छ । 

नेपाली काँग्रेस व्यास नगरपालिका–१ का वडा सदस्य नेपालीको खोलाबाट पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । 

छाब्दी खोलाबाट मोटर पम्प जोडेर पानी तान्ने सिलसिलामा अचानक करेन्ट लाग्दा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

तरकारी बारीमा सिँचाइ गर्नका लागि छाब्दी खोलाबाट पानी तान्ने क्रममा करेन्ट लाग्दा नेपालीको मृत्यु भएको उहाँले बताउनुभयो । 

नेपाली एक स्पष्ट वक्ता, प्रजातन्त्रवादी, दलित मुक्तिका लागि सदा सङ्घर्षरत व्यक्तिको निधनले स्तब्ध बनाएको छिमेकी एवं आदिकवि भानुभक्त क्याम्पसका क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ८ : १९ बजे