प्रेस चौतारी गण्डकीको अध्यक्षमा इन्द्र पौडेल चयन

पोखरा । प्रेस चौतारी नेपाल गण्डकी प्रदेश अध्यक्षमा इन्द्र पौडेल चयन हुनुभएको छ ।

बिहीबारबाट पोखरामा सुरु भएको प्रदेश अधिवेशनले पौडेलको नेतृत्वमा कमिटी चयन गरेको हो । 

उपाध्यक्षमा उमाकान्त शर्मा र उपाध्यक्ष (महिला) रोशनी गुरुङ चयन हुनुभएका छ ।

त्यस्तै महासचिवमा आश गुरुङ चयन हुनु भएको छ भने सचिवको जिम्मेवारी कमल सुवेदीले पाउनुभएको छ ।

त्यस्तै, कोषाध्यक्षमा भविश्वर पाण्डे चयन हुनुभएको छ । 

 

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ७ : ४८ बजे