पहाडी भू-भागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । बिहान उच्च पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली छ भने पहाडी भू–भागमा आंशिक बदली छ । तराईमा मौसम सामान्यतया सफा देखिन्छ ।

दिउँसो पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

राति उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

शनिवार पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यता सफा रहने आङ्कलन गरिएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ फागुन २० गते (शुक्रवार)
दिउँसो
: देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी तथा प्रदेश १ का पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली तथा अन्य भू–भागमा मौसम सामान्यता सफा रहनेछ। देशका पहाडी भू–भागका थोरै  स्थानहरूमा मेघ गर्जन र चट्याङ हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती: देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी तथा प्रदेश १ का पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यता सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०७८ फागुन २१ गते(शनिवार)
दिउँसो:
देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यता सफा रहनेछ।

राती: देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यता सफा रहनेछ।

२०७८ फागुन २२ गते (आइतबार)
दिउँसो
: देशको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा लुम्बिनी प्रदेश र प्रदेश १ मा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

राती: देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा लुम्बिनी प्रदेशमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

 

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ७ : १० बजे