मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

भोलि एमसीसी विरोधी दलको जनसभा : गठबन्धनका असन्तुष्ट नेताहरूले पनि सम्बोधन गर्ने 

काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन भएको विरोधमा यसअघिदेखि नै आन्दोलित साना कम्युनिष्ट पार्टी र मोर्चाले शुक्रबार जनसभामा गर्ने भएका छन् ।

खुल्लामञ्चमा हुने सभामा आन्दोलित साना वाम दलका साथै सत्ता गठबन्धनमा रहेका एमसीसीविरोधी नेताहरूले समेत सम्बोधन गर्ने कार्यक्रम छ ।

सभालाई पूर्वप्रधानमन्त्री झलनाथ खनाल, माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र एमाले नेता भीम रावलले  सम्बोधन गर्दै हुनुहुन्छ ।

सभालाई हालैमात्र सत्ता गठबन्धनबाट बाहिरिएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी समेत संवोधन गर्दै हुनुहुन्छ । 

सभामा नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा ९क्रान्तिकारी माओवादी० का महासचिव मोहन वैद्य, आहुतीलगायतका नेताहरू जनसभाका प्रमुख वक्ता हुनुहुन्छ । 

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहिबार  ३ : ३२ बजे