दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सुनको मूल्य ४ सयले बढ्यो , ९९ हजार ९ सय मा कारोबार

काठमाडौँ  । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको ९९ हजार नौ सय रुपैयाँ कायम भएको छ ।

बुधबार छापावाल सुन तोलाको ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार तेजावी सुनको मूल्य तोलाको ९८ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ ।

बुधबार एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार तीन सय ८० रुपैयाँ  निर्धारण भएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहिबार  ११ : २५ बजे