मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

राप्रपाले आज एमसीसीबारे धारणा सार्वजनिक गर्ने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज एमसीसीबारे धारणा सार्वजनिक गर्ने भएको छ । 

एमसीसीको विरोधमा रहेको राप्रपाले केन्द्रीय समितिको बैठकमा छलफल गरेर धारणा सार्वजनिक गर्न लागेको हो ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार आज बुधवारको बैठकमा प्रस्तुत प्रतिवेदनमाथि छलफल हुनेछ । त्यसपछि एमसीसीबारे पार्टीको आधिकारिक धारणा पनि सार्वजनिक हुने उहाँले बताउनुभयो ।

राप्रपाले केन्द्रीय समितिको बैठक बिहान ८ बजे धुम्बाराहीमा सुरु भइसकेको छ ।

बुधवार अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र भावी कार्यदिशा सम्बन्धी, उपाध्यक्ष हेमजंग गुरुङले सचिवालय सम्बन्धी, महामन्त्री भुवन पाठकले स्थानीय तहको निर्वाचन सम्बन्धी प्रतिवेदन पेस गर्नुभएको थियो। प्रस्तुत प्रतिवेदनमाथि बुधवारदेखि नै छलफल सुरु भएको छ । 

राप्रपाले केन्द्रीय समितिको बैठक आज सकिँदै छ ।

 

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहिबार  ९ : ४८ बजे