‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

सुदूरपश्चिम खप्तड गोल्डकप आजदेखि, उद्घाटन खेलमा मनाङ र दिल्ली भिड्दै

धनगढी । धनगढीमा आजदेखि मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदै छ ।

आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबका अनुसार भारतको दिल्लीबाट एउटासहित १० टिमको सहभागिता रहने प्रतियोगिता फागुन २८ गतेसम्म सञ्चालन हुने छ ।

सुदूरपश्चिम–११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमालले मैदान तयार पारिएको बताउँदै प्रतियोगितामा सहभागी हुने टोली पनि धनगढी पुगेको जानकारी दिनुभयो ।

उहाँकाअनुसार प्रतियोगिताको उद्घाटन खेलमा मनाङ मर्स्याङ्दी क्लब र भारतको दिल्ली फुटबल क्लब भिड्ने छन् । 

प्रतियोगितामा आयोजक सुदूरपश्चिम–११ सहित मनाङ, दिल्ली, हिमालयन शेर्पा क्लब, एनजेजेवाईसी फुटबल क्लब, क्यामरुनको एभेनिर फुटबल क्लब, फ्रेन्ड्स क्लब, बागमती युथ क्लब, न्यूरोड टिम र मच्छिन्द्र फुटबल क्लब रहेका छन् । 

नकआउटका आधारमा खेलाइने प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उप–विजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ । 

यसैगरी सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने छन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्ने छन् । 

आयोजकले खप्तड गोल्डकप फुटबल जगतमा देशकै सर्वाधिक धनराशि भएको प्रतियोगिता भएको दाबी गरेको छ ।

 

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहिबार  ७ : २४ बजे