मनसुन क्रमशः क्षीण हुँदै

डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

स्थानीय तह निर्वाचनमा गठबन्धनसँग तालमेल नहुने : प्रवक्ता महत

काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा गठबन्धनबीच तालमेल नहुने बताउनु भएको छ ।

कांग्रेसका प्रवक्ता महतले स्थानीय तह निर्वाचनमा गठबन्धनसँग तालमेल गरेर जाने अवस्था नदेखेको बताउनुभएको हो ।

उहाँले स्थानीय तहको निर्वाचनमा गठबन्धनमा रहेका दलहरुले आ–आफ्नै ढंगले उम्मेदवारी दिने र यस विषयमा सत्तारुढ गठबन्धनसँग कुनै छलफल नगरेको समेत बताउनुभयो ।

स्थानीय तहको निर्वाचन तोकिएको समयमा हुनेमा आफ्नो पार्टी विश्वस्त रहेको उल्लेख गर्दै उनले त्यसका लागि सरकार अघि बढिसकेको बताउनुभयो ।

प्रवक्ता महतका अनुसार स्थानीय आवश्यकताहरुलाई ध्यानमा राखेर कतिपय ठाउँमा समझदारी हुन सक्ने र कतिपय ठाउँहरुमा दलहरुले आफ्नै ढंगले जाने अवस्था रहेको बताउनुभयो। आवश्यकताको सिद्धान्त र पार्टीलाई फाइदा गर्छ भने यो सम्पूर्ण कुरा निर्भर गर्छ। 

महतले प्रमुख प्रतिपक्ष दल एमालेलाई सहमतीमा लिएर संसद सूचारु गराउन आफ्नो पार्टीले प्रयास जारी राख्ने पनि बताउनुभयो ।

चालु अधिवेशन अन्त्य गरेर आगामी बजेट अधिवेशनमा विपक्ष दलको सक्रिय सहभागिता आवश्यक भएकाले पनि एमालेलाई सहमतीमा ल्याएर संसद सुचारु गराउन आफ्नो पार्टीले प्रयास जारी राख्ने उहाँको तर्क थियो।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ४ : १९ बजे