दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

अर्थमन्त्रीको टिप्पणी पछी सेयरबजारमा पहिरो

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माको टिप्पणी पछी सेयरबजारमा आज पहिरो गएको छ ।  अर्थमन्त्री शर्माले पत्रकार सम्मेलनमा सेयर बजारमा सेटिङ गरेर काराेबार भइरहेको विभिन्न अध्ययन एवं रिपोर्टले देखाएको बताउनुभएको थियो । 

बुधबार सेयरबजार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ। नेप्से परिसूचक आज ६३.९८ अङ्कले घटेर २ हजार ५४६.६० बिन्दुमा झरेको छ। 

आज सेयरबजारमा कुल १९१ कम्पनीको ७६ लाख ५२ हजार २०४ कित्ता सेयर खरिद बिक्री भएको थियो भने ३ अर्ब ६२ करोड ११ लाख ४३ हजार ९७९ रुपैयाँ बराबरको कारोबार भएको थियो । आज १८८  कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने ३ कम्पनीको सेयर मूल्य बढेको छ ।

बुधबार सबैभन्दा बढी गुमाउनेमा हिमालयन जेनेरल इन्सुरेन्स रहेको छ भने सबैभन्दा बढी कमाउनेमा रिलायन्स लाइफ इन्सुरेन्स रहेको छ ।

त्यस्तै आज कारोबार रकमका आधारमा नेपाल लाइफ इन्सुरेन्सले १६ करोडभन्दा बढीको शेयर कारोबार गरेर शीर्ष स्थानमा रहेको छ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ३ : १९ बजे