दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सेयर बजार सेटिङमा चल्दै छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालको सेयर बजार सेटिङमा चलेको बताउनुभएको छ । 

बुधबार भएको पत्रकार सम्मेलनमा धिताेपत्र बाेर्ड र नेपाल स्टक एक्सचेञ्जका प्रमुखको समेत उपस्थितिमा अर्थमन्त्री शर्माले सेयर बजारमा सेटिङ गरेर काराेबार भइरहेको विभिन्न अध्ययन एवं रिपोर्टले देखाएको बताउनु भयो । 

अर्थमन्त्री शर्माले नेपालमा सेटिङकै भरमा सेयरबजारमा इन्साइडर ट्रेडिङ धेरै हुने गरेको र यसलाई राेक्नुपर्ने बताउनुभएको छ । विदेशमा जस्तै एकै दिन किनेर बेच्न सकिने प्रणाली नेपालमा समेत भित्र्याउनु पर्नेमा उहाँले जोड गर्नुबएको छ ।

नेपालमा हाल ५० लाख भन्दा बढी व्यक्तिहरु सेयरबजारसँग जोडिएका छन् र पूँजी बजारको विकास गर्नु आजकाे आवश्यकता भइसकेको अर्थमन्त्री शर्माले बताउनुभएको छ । 

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  १ : ४९ बजे