दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सुनको मूल्य एक लाख रुपैयाँ नजिक, ९९ हजार ५०० मा कारोबार 

काठमाडौँ । सुनको मूल्य बुधवार प्रतितोलामा एक हजार ९०० रुपैयाँको दरले बढेर एक लाख रुपैयाँ नजिक पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलाको ९९ हजार ५०० रुपैयाँ कायम भएको छ ।  

मङ्गलवार छापावाल सुन तोलाको ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, बुधवार तेजाबी सुनको मूल्य तोलाको ९९ हजार निर्धारण भएको छ ।  मङ्गलवार तेजाबी सुनको मूल्य तोलाको ९७ हजार १०० रुपैयाँ निर्धारण भएको थियो । 

त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँको दरले बढेको छ । मङ्गलवार एक हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधवार एक हजार ३ सय ७५ रुपैयाँ निर्धारण भएको छ ।

 

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ११ : ३९ बजे