नारायणकाजी श्रेष्ठलाई भेट्न विप्लव पुगे हात्तीवन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । 

नेता श्रेष्ठलाई भेट्न विप्लव आज बिहान श्रेष्ठ निवास हात्तीवन पुग्नुभएको हो । उहाँहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । 

एमसीसीको विषयलाई लिएर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग दूरी बढेका बेला श्रेष्ठलाई भेट्न विप्लव पुग्नुभएको हो  ।

एमसीसी संशोधनविना अनुमोदन गर्न नहुने बताउँदै आउनुभएका नेता श्रेष्ठ र एमसीसीबाट आउने अनुदान नै ल्याउन नहुने धारणा राख्दै आउनुभएका विप्लवबीच एमसीसी सम्झौता सदनबाट अनुमोदन भएको चौथो दिन भेटवार्ता भएको हो । 

 

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ११ : १५ बजे