‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

युक्रेनको दक्षिणी सहर खेरसन रुसी सेनाको कब्जामा

किभ । युक्रेनमा रुसी हमलाको सातौँ दिन युक्रेनको दक्षिणी सहर खेरसन रुसी सेनाको कब्जामा पुगेको छ । 

औषधी र खानेकुरालगायत खाद्यान्नको आपूर्ति सुनिश्चितका लागि राष्ट्रिय सरकारलाई सहयोग गर्न सो सहरका मेयरले आह्वान गरेका छन् ।

रुसी सेनाको हमलामा २०० जनाको मृत्यु भएको स्थानीय परिषद्का एक सदस्यले जानकारी दिएका छन् । मारिनेमध्ये अधिकांश सर्वसाधारण रहेको जनाइएको छ । 

उत्तर पश्चिमी युक्रेनी सहर जाइटोमायरमा आपत्कालीन कर्मचारीहरूले रुसी सेनाको मिसाइल हमलामा आवासीय भवनमा लागेको आगो निभाइरहेका छन् । सो सहरमा चार जना मारिएको रुसी अधिकारीहरूले जनाएका छन् । 

 

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ८ : ३४ बजे