‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

आजबाट सहिद  स्मारक ‘बी’ डिभिजन लिग सुरु

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सहिद  स्मारक 'बी' डिभिजन लिग फुटबल प्रतियोगिता आजबाट सुरु गर्दै छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पहिलो दिन तीन खेल हुनेछन् । बिहान साढे ९ बजे हुने पहिलो खेलमा झम्सिखेल युथ क्लब र श्री भगवती क्लबबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा पौने १ बजे  बाँसबारी क्लब र सरस्वती क्लब आमुने सामुने हुनेछन् । 

अपराह्न ४ः०० बजे हुने तेस्रो तथा दिनको अन्तिम खेलमा विरगंज युनाईटेड र ब्वाइज युनियनबीच खेल हुनेछ । लिगमा १४ क्लबले सिङ्गल राउन्ड रोबिन लिगको आधारमा खेल्ने छन् । शीर्ष दुई टोली 'ए' लिगमा बढुवा हुने छन् । यस्तै पुछारका दुई टोली  रेलिगेसनमा पर्ने छन् ।

एन्फाले ए डिभिजन लिग समाप्तिसँगै बी डिभिजन लिग सुरु गर्न लागेको हो ।

 

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ८ : १८ बजे