मनसुन क्रमशः क्षीण हुँदै

डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

सभामुख सापकोटाले राजीनामा नदिए महाअभियोग प्रस्ताव ल्याउँछौंः अध्यक्ष ओली

काठमाडौं – आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले निलम्बनको भएको सूचना टाँस नगरेकोमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने बताउनुभएको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले सभामुखले राजीनामा नदिए महाअभियोग ल्याउने चेतावनी दिनुभएको छ । तर उहाँले आफ्नाे पार्टी देशमा राजनीतिक अस्थिरता ल्याउने पक्षमा नरहेकाे भन्दै सभामुखलाई राजीनामा दिन आग्रह गर्नुभयो ।

‘हामी सभामुखविरुद्ध महाभियोग ल्याउन पनि सक्छौँ, नल्याउन पनि सक्छौँ यदि उहाँले समयमै राजीनामा दिनुभयो भने,’ उहाँले भन्नुभयो । पार्टीविरुद्ध राजनीतिक हिसाबले आपराधिक गतिविधि गर्ने एमाले सांसदलाई गरेको कारबाहीलाई मान्यता दिन ढिलाइ गरेर सभामुख सापकोटाले गैरकानुनी काम गरेको ओलीको आरोप छ।

‘राजनीतिक हिसाबले आपराधिक गतिविधि गर्ने एमाले सांसद्लाई हामीले कारबाही गरेका थियौँ। तर, त्यसलाई मान्यता नदिएर नयाँ पार्टी खोलाउन सभामुखले भूमिका खेल्ने काम भयो। हामीमाथिको अन्यायलाई सम्बोधन गरियोस् भनेर हामीले माग राख्दै आयौँ। तर, यसलाई सम्बोधन गर्न सरकार तयार भएन,’ ओलीले भन्नुभयो ।

एमसीसी पारित गर्नुअघि नै सभामुख सापकोटाविरुद्ध एमालेले महाअभियोग प्रस्ताव दर्ता गर्ने आकलन गरिएको थियो । 

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  ६ : ४४ बजे