काठमाडौं – नेपालमा थप १५८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ५०४ नमुना परीक्षण गर्दा १५८ जनामा कोरोना पोजेटिभ देखिएको हो । यस्तै, आज थप ३५४ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ९७१ रहेको छ ।
पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट एकैदिन थप २ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ९३८ पुगेको छ ।
प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार ४ : ५४ बजे
प्रतिक्रिया