साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

आविष्कार भयो खोकेर कोरोना पत्ता लगाउने उपकरण

काठमाडौं ।  कोभिड–१९ भाइरसबारे नयाँ–नयाँ खोज अध्ययन भइरहेका छन् । अध्ययनबाट नयाँ–नयाँ तथ्यहरू पनि बाहिर सार्वजनिक भइरहेका छन् ।  

यसैबीच वैज्ञानिकहरूले खोकेर कोरोना पत्ता लगाउने नयाँ विधिको विकास गरेका दाबी गरेका छन् ।
हालका दिनहरूमा विशेष गरी स्वाबको नमुना परीक्षण गरी कोभिड–१९ पत्ता लगाइने गरिन्छ ।  
स्विडेनका वैज्ञानिकहरूले श्वासको माध्यमबाट कोरोना पत्ता लगाउने मेसिन बनाएको दाबी गरेका हुन् । 

इन्फ्लूूएन्जा एन्ड अदर रेस्पिरेटरी भाइरस जर्नलमा प्रकाशित अध्ययनको रिपोर्टमा डिभाइसमार्फत श्वासको माध्यमबाट कोरोना जाँच गर्न सकिने दाबी स्विडेनका वैज्ञानिकहरूको छ । 

अध्ययन गर्ने क्रममा वैज्ञानिकहरूले तीन तरिकाबाट डिभाइसको प्रयोग गरेका थिए । एउटा तरिकामा सङ्क्रमित व्यक्तिलाई उक्त डिभाइसमा कम्तीमा२० पटक श्वास फेर्न लगाइएको थियो । 

अर्को  भनेको डिभाइसमा लामो श्वास फाल्ने र केही समय रोकेर राख्ने तरिका थियो । तेस्रो तरिकामा भने बिरामीलाई ३ पटक खोक्न लगाइएको थियो । त्यसैले पहिलो र दोस्रो तरिका भन्दा तेस्रो तरिकामा प्रभावकारी नतिजा देखिएको वैज्ञानिकहरूले बताएका छन् । 

हातले चलाउन मिल्ने यस डिभाइसले अत्यन्तै साना जुनसुकै कणहरूलाई पत्ता लगाउन सकिने भएकाले श्वासबाट कोरोना भए नभएको थाहा हुने दाबी वैज्ञानिकहरूको भनाइछ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  २ : ३० बजे