मनसुन क्रमशः क्षीण हुँदै

डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

सभामुख सापकोटालाई एमालेको प्रश्न : एमसीसी टेबल गर्नुपरे आत्महत्या गर्छु भनेको होइन ?

काठमाडौं । नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाले विगतमा एमसीसी टेबल गर्नुपरे आत्महत्या गर्छु भन्ने आवेगपूर्ण अभिव्यक्ति दिएको भन्दै प्रश्न गरेको छ । आज राजधानीमा पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रघात भए किन पास गरेको अनिराष्ट्रघात होयन भने हिजो किन विरोध गरर्दै कार्यकर्ता उचालेको भनेर प्श्न गर्नुभयो ।  

गठबन्धन आवद्घ दलहरु सत्ताको लागि मात्र लागेको र उनीहरुले सत्ता टिकाउनकै लागि एमसीसी पास गरेको ओलीले बताउनुभयो । 
कार्यक्रममा एमाले अध्यक्ष ओलीले हस्ताक्षर गर्नुभएको प्रेस विज्ञप्ति मार्फत एमालेले आफ्नो पछिल्लो धारणा सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्नुहुँदै पमहासचिव प्रदीप ज्ञवालीले दल विभाजनमा भूमिका खेल्ने सभामुख अग्नीप्रसाद सापकोटाले एमसीसीमा पनि फरक फरक भूमिका खेलेको बताउनुभयो । ‘सभामुखले एमसीसी टेबल गर्नुपरे आत्महत्या गर्छु भन्ने आवेगपूर्ण अभिव्यक्ति दिएको होइन ?’ ज्ञवालीले भन्नुभयो  । उहाँले सभामुख सापकोटाले दल विभाजनको भूमिका खेलेको भन्दै सत्तारुढ दलहरुले एमसीसीबारे विषात्त प्रचार गरेको आरोप लगाउनुभयो  ।

ज्ञवलीले प्रचण्डले कार्यकर्ता र सुरक्षा निकायबीच भिडन्त गराएर अन्तत फेरी त्यही एमसीसी पास गरेको बताउनुभयो । 

उहाँले प्रतिनिधि सभाको दुवै बैठकमा एमसीसी पारित गर्ने प्रक्रियामा एमालेलाइृ वञ्चित गरिएकाे बताउनुभयाे । उनले भने–‘राष्ट्रिय हितको वास्ता नगरी आफ्नै छुद्र निजी स्वार्थ पूरा गर्न खोज्ने उनीहरूका बोली र व्यवहारमा रहेको अवसरवादी छेपारेपनले सत्ता सञ्चालक पार्टी र तिनका नेताहरूको अविश्वसनीयता समेत उदाङ्गो भएको छ । प्रतिनिधि सभाको दुवै बैठकमा हामीलाई एमसीसी पारित गर्ने प्रक्रियामा वञ्चित गरियो । देशको प्रमुख प्रतिपक्षलाई यस प्रक्रियाबाट बाहिर राख्ने सत्ताधारी दलको षड्यन्त्रपूर्ण व्यवहार पनि स्पष्ट भएको छ । संसद्को सबैभन्दा ठूलो दल एमालेलाई वेलमा राखेर संसद्मा अवरोधका बिच यस्तो संवेदनशील विषयमा निर्णय गरिएको छ ।’

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  १ : ५४ बजे