दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

घट्यो सुनको मूल्य

काठमाडौँ – सुनको भाउ मंगलबार  प्रतितोलामा ६०० रुपैयाँको दरले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  मंगलबार  छापावाल सुनको भाउ तोलाको ९७ हजार ६०० रुपैयाँ कायम भएको छ ।

सोमबार छापावाल सुन तोलाको ९८ हजार २०० रपैयाँमा कारोबार भएको थियो । यसैगरी मंगलबार तेजावी सुनको भाउ तोलाको ९७ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।  

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँको दरले घटेको छ । सोमबार एक हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार ३३५ रुपैयाँमा  निर्धारण भएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  ११ : २४ बजे