‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

रुसद्वारा युक्रेन माथि घातक भ्याक्युम बमको प्रयोग

किभ – युक्रेन द्धन्द्व तीव्र भइरहेका बेला रुसी सेनाले युक्रेनीमाथि बिस्फोटक पदार्थ र भ्याकुम बमले हमला गरेको मानव अधिकारवादी समूह र राष्ट्रसंघका लागि युक्रेनी दूतले आरोप लगाएका छन् । 

रुसी सेनाले प्रतिबन्धित क्लस्टर प्रयोग गरेको एमनेस्टी इन्टरनेसनल र ह्युमन राइट्स वाचले जनाएको छ । 

अमेरिकी संसदका सदस्यहरुसँग भेट गरेपछि राष्ट्रसंघका लागि युक्रेनका दूत ओकसान मार्कारोभाले रुसले घातक भ्याकुम बम प्रयोग गरेको दाबी गरेका छन् । 

‘उनीहरुले आज भ्याकुम बम प्रयोग गरे । रुसले युक्रेनमा ल्याउन खोजेको विनाश ठूलो छ,’ उनले भने । थर्मोव्यारिक हतियारसमेत भनिने यस बमले वरपरको वातावरणको अक्सिजन चुस्छ र उच्च तापक्रममा बिस्फोट हुन्छ । 

परम्परागत बिस्फोटक पर्दाथको तुलनामा यसले लामो अवधिको ब्लास्ट वेभ उत्पन्न गर्छ र मानव शरीर वास्पिकरण गर्न सक्छ । 

एजेन्सी

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  १० : ०७ बजे